कञ्चनपुरमा ५५ हजारसहित ८ जुवाडे प्रहरीको फन्दामा

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मदनचोकस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद ५५ हजार ८० रुपैयाँसहित ८ जना पक्राउ परेका छन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बिहीबार साँझ देवु होटलमा छापा मारेर होटल सञ्चालक ४२ वर्षीय देवबहादुर चन्दसहित ८ जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद ५५ हजार ८० रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...