राष्ट्रिय भेलाबारे जानकारी दिन कांग्रेस इतर समूहले पत्रकार सम्मेलन

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ ।

Nast Ad

राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक प्रा।डा।शशांक कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

इतर समूहको प्रचार-प्रसार समितिका संयोजक मीन विशवकर्माका अनुसार पत्रकार सम्मेलन दिउँसो साढे २ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरू हुने छ ।

इतर समूहले पूर्वमहामन्त्री कोइरालाको संयोजकत्वमा गठित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

मूल आयोजक समितिले भेलाको तयारीका लागि ३२ वटा समितिहरू गठन गरेर संयोजक चयन गरेको छ ।

इतर समूहका अनुसार पूर्वउपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा सांठनिक प्रस्ताव तयारी समिति गठन भएको छ ।

यस्तै समसामयिक प्रस्ताव तयारी समितिको संयोजक एनपी साउद, विधान समिति संयोजकमा रमेश लेखक, आर्थिक नीति समिति संयोजकमा पूर्वप्रवक्ता डा। प्रकाशशरण महतलाई चयन गरिएको छ ।

प्रचार–प्रसार समिति संयोजनको जिम्मा मीन विश्वकर्मा, आर्थिक व्यवस्थापन समितिको जिम्मा दीपक खड्का, प्रशासन समन्वय समितिको जिम्मा मोहनबहादुर बस्नेत र भोजन व्यवस्था समितिको जिम्मा पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले पाएका छन् ।

त्यसैगरी स्वयंसेवक परिचालन समितिमा जितजंग बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना, मञ्च तथा हल व्यवस्थापन समितिमा राजु श्रेष्ठ, स्वास्थ्य समितिमा उमेशजंग रायमाझी र विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समितिमा किरण पौडेललाई संयोजक बनाइएको छ ।

ट्रेड युनियन समन्वय समितिमा हरिशरण नेपाली, भ्रातृ संघ समन्वय समितिमा गोविन्दबहादुर शाह, शुभेच्छुक संस्था समन्वय समितिमा ईश्वरी न्यौपाने, आदिवासी जनजाति समन्वय समितिमा गणेश लामा, दलित समुदाय समन्वय समितिमा नृप वड संयोजक छन् ।

उषा राउतलाई महिला समन्वय समिति, कुन्दनराज काफ्लेलाई युवा विद्यार्थी परिचालन समिति, भीमसेनदास प्रधानलाई पेसागत बुद्धिजीवी परिचालन समितिको संयोजक बनाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...