४१८ किलो गाँजासहित चार जना पक्राउ

cp new add
Nisharg hospital

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ गुम्बा बराह क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

Nast Ad

मिति २०८३ साउन २३ गते बिहान करिब ४ः३० बजे बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चतरा तर्फ आउँदै गरेको एउटा कार र मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा लागूऔषध गाँजाजस्तो देखिने ४१८ किलो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार गाँजासहित कार र मोटरसाइकल नियन्त्रणमा लिएर चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय धमन राई, कारमा सवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलको पछाडि सवार २८ वर्षीय शंकर चौधरी रहेका छन्।

प्रहरीले उनीहरूलाई लागूऔषध, कार र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...