
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार आजको छलफलमा २० कम्पनीका प्रतिनिधि सहभागी भए । सूर्य नेपाल प्रालि, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी र हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भए ।
यसैगरी होङ्सी सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, बोटलर्स नेपाल ( तराइ ), यूनिलिभर नेपालका प्रतिनिधि सहभागी भएको मन्त्रालयले जनाएको छ । यसैगरी एसियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट, नारायणी प्रालि र न्यू होप एग्रो बिजनेस नेपाल प्रालिका प्रतिनिधि सहभागी भएका छन् । नेपाल वेलहोप एग्रीटेक प्रालि, वरुण बेभरेज, टर्की एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिका प्रतिनिधिको पनि उपस्थिति थियो ।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गरेका हुन् ।

