कञ्चनपुरमा ब्राउनसुगर र चरेशसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा ब्राउनसुगर र चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्लाको बेदकोट नगरपालिका–३ समादैजीबाट बेलडाँडी गाउँपालिका–१ का २५ वर्षीय रोहित भण्डारीलाई ब्राउनसुगर जस्तो देखिने ६४० मिलिग्राम धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सोही स्थानका खत्री नास्ता पसलका सञ्चालक ३० वर्षीय मदन खत्रीलाई २५ ग्राम ५३० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित पक्राउ गरिएको छ।

प्रहरी चौकी सुँडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका शंकास्पद अवस्थामा उनीहरूलाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...