
पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ। श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले बिहीबार बिहान प्रहरी परिसरमा धर्ना दिएको हो।

धर्नामा उनीहरूले प्रेस स्वतन्त्रता पुनर्बहाली गर, पत्रकार किशोर श्रेष्ठलाई बिनाशर्त रिहा गर् लगायत प्लेकार्ड बोकेका छन् ।
पत्रकार श्रेष्ठलाई बुधबार राति घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

