पारिवारिक कारण देखाउँदै पद छाड्दैछिन् ह्वाइट हाउसकी प्रेस सचिव

cp new add
Nisharg hospital

काठमाण्डौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने भएकी छन्। उनले पारिवारिक कारण देखाउँदै ह्वाइट हाउसबाट राजीनामा दिएकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन्।

Nast Ad

उनी हालै मात्र मे महिनामा आफ्नी दोस्रो सन्तान (छोरी भिभियाना) को जन्मपछि ह्वाइट हाउसको जिम्मेवारीमा फर्किएकी थिइन्। उनका २ वर्षीय छोरा पनि छन्।

‘सत्य के हो भने, छोरीको जन्मपछि ह्वाइट हाउस फर्किएयता मैले मनैदेखि महसुस गरेकी छु कि ह्वाइट हाउस प्रेस सचिवका लागि आवश्यक निरन्तर समय, ऊर्जा र ध्यान दिँदा मेरा दुई साना बालबालिकाले पाउनुपर्ने जस्तो ‘सर्वश्रेष्ठ आमा’ बन्न म सकिनँ — र त्यसैले मैले ह्वाइट हाउस छोडेर आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने त्यो मिठोनमिठो निर्णय लिएकी हुँ।’ लेभिटले लेखिन्। एपीररासस

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...