कञ्चनपुरको महाकाली नदीमा एक युवक बेपत्ता

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको महाकाली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–भासीका सुनिल खत्री शुक्रबार दिउँसो शारदा ब्यारेजबाट महाकाली नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार घटनापछि प्रहरी टोली परिचालन गरी उनको खोजी भइरहेको छ।

प्रहरीका अनुसार खत्री नदीमाथिको ढोकामा चढेर हाम फाल्न खोज्दा त्यहाँ रहेका एक भारतीय नागरिकले उनलाई रोक्न प्रयास गरेका थिए। तर, उनले कसैको कुरा नसुनी नदीमा हाम फालेका थिए।

सार्वजनिक भएको भिडियोमा खत्रीले सुरुमा आफ्नो मोबाइल नदीमा फालेको र त्यसपछि आफैं नदीमा हाम फालेको देखिन्छ। केही बेर नदीमा पौडिरहेका उनी त्यसपछि बेपत्ता भएका थिए।

बेपत्ता खत्रीको खोजीका लागि प्रहरीले नदी आसपास तथा सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...