महेन्द्रनगरको नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सई थापा बने उत्कृष्ट प्रहरी

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी नायव निरीक्षक ९सई० पदमबहादुर थापा साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

Nast Ad

फैसला कार्यान्वयन तथा विभिन्न अपराधको अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा थापालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिपेन्द्र शाहीले उनलाई प्रशंसापत्रसहित सम्मान गरेका छन्।

थापाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१ निवासी ३१ वर्षीय पवन श्रेष्ठलाई १५ वर्षपछि पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। कैलाली जिल्ला अदालतको २०७४ मंसिर २५ गतेको फैसला आदेशअनुसार दोषी ठहर भएका श्रेष्ठलाई थापाले २०८३ साउन २७ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाएका थिए।

श्रेष्ठ धनगढीस्थित नवदुर्गा मन्दिरमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको घटनामा दोषी ठहर भएका थिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार थापाले आफ्नो जिम्मेवारी इमानदार, वफादार र कर्तव्यनिष्ठ ढंगले उच्च व्यावसायिक सुझबुझका साथ नतिजामुखी रूपमा सम्पादन गरेको मूल्यांकनका आधारमा उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१ अनुसार पुरस्कृत गरिएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...