भूकम्पका कारण बैतडीका विद्यालयमा क्षति

cp new add
Nisharg hospital

२५ कात्तिक, बैतडी । बुधार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण बैतडीका विद्यालय भवनमा क्षति पुगेको छ ।

Nast Ad

भूकम्पका कारण पाटन नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा बढी क्षति पुगेको छ ।
पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडाको करिब २० लाख रुपियाँमा नवनिर्मित भवन चर्किएको छ ।

त्यहाँ करिब नौ लाख रुपियाँको क्षति भएको विद्यालयले जानकारी दिएको छ । त्यसैगरी पाटन नगरपालिका–८ को सिद्धदीप आधारभूत विद्यालय, पाटन नगरपालिका–९ को जनप्रिय आधारभूत विद्यालय, पाटन–२ को सिद्धनाथ माविको भवन भूकम्पका कारण क्षति पुगेको हुक्केडाँडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए ।

भूकम्पका कारण डोटी जिल्लासँग जोडिएको सिगास गाउँपालिकाका विभिन्न विद्यालयका भवनमा क्षति पुगेको शिक्षा शाखा अधिकृत रमेशप्रसाद भट्टले जानकारी दिए । भूकम्पका कारण जिल्लाभरिका विद्यालयका के–कति क्षति भएको छ ? भन्ने विषयमा तत्काल विवरण सङ्कलन गरेर पठाउन निर्देशन दिइएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।

बैतडीमा ५४६ वटा सामुदायिक विद्यालय रहेको उनले बताए । बैतडीका अधिकांश विद्यालय भवन भूकम्प प्रतिरोधी नभएका कारण बढी क्षति पुगेको समेत उनले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...