
बझाङको थलारा गाउँपालिका–४, उत्कडीस्थित सेती नदीको बगरबाट अवैध रूपमा बालुवा उत्खनन गरी लैजाँदै गरेका ४ वटा ट्र्याक्टर र १ वटा मिनिट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी रायल र अस्थायी प्रहरी पोष्ट झोताबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १२:१० बजे ती सवारी साधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनमध्ये सु.प.प्र.०१–००१ त ४९०९, सु.प.प्र.०१–००२ त १५३४, सु.प.प्र.०१–००२ त ४४७१ र सु.प.प्र.०१–००२ त ४७८१ नम्बरका ४ वटा ट्र्याक्टर तथा से.१ ख १८७६ नम्बरको मिनिट्रक रहेका छन्।
नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कारबाहीका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ।

