दर्ता भएन देउवा र खड्काको रिट

cp new add
Nisharg hospital

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजमा तय भएको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता हुन सकेन।

Nast Ad

निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए।

तर, सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेको कांग्रेसका एक नेताले जानकारी दिए।

यस समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि पनि सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो। उक्त मुद्दामा सर्वोच्चले पुनः सुनुवाइको आदेश गरिसकेको छ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ। महाधिवेशनको तालिका एकपक्षीय ढंगले सार्वजनिक गरिएको भन्दै संस्थापनइतर समूहले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च पुगेको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...