सुरक्षा प्रमुखलाई निलम्बन गरेर गरिमा चौधरी प्रकरणमा अनुसन्धान गर्न माग

cp new add
Nisharg hospital

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले बालिका गरिमा चौधरीको हत्या प्रकरणमा बाराका सुरक्षा प्रमुखहरूलाई निलम्बन गरी अनुसन्धान गर्न माग गरेको छ।

Nast Ad

मोर्चाकी इन्चार्ज रन्जुकुमारी साहले जारी गरेको विज्ञप्तिमा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखमाथि समेत अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर टोलकी ३ वर्षीया गरिमा चौधरीलाई बलात्कारपछि निर्मम हत्या गरिएको घटनामा स्थानीय सुरक्षा निकाय पनि जिम्मेवार रहेको मोर्चाको आरोप छ।

तीन दिनसम्म बालिका बेपत्ता रहँदा पनि स्थानीय सुरक्षा निकायले समयमै खोजी कार्यमा तदारुकता नदेखाएको भन्दै मोर्चाले सुरक्षा प्रमुखलाई तत्काल निलम्बन गर्न माग गरेको हो।

साहले सुरक्षा संयन्त्रको लापरबाही र उदासीनताका कारण बालिकाले ज्यान गुमाउनुपरेको आरोप लगाएकी छन्। साथै, घटनामा संलग्नलाई हदैसम्मको कानुनी कारबाही गर्न राज्यका सम्बन्धित निकायसँग माग गरेकी छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...