
धनगढी । डडेल्धुरामा बालक मृत भेटिएका छन् ।

अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ सिँचाइ पोखरीमा मृत भेटिएका हुन् ।
उनी घरदेखि करिब २०० मिटर टाढा रहेको मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

