बाढीपछि अवस्था सामान्य बन्दै, मृत्यु तथा बेपत्ताको संख्या करिब एक हजार पुग्न सक्ने अनुमान

cp new add
Nisharg hospital

काठमाडौँ । जल तथा मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको अवस्था हाल सामान्य बन्दै गएको र जोखिमको मात्रा पनि कम हुँदै गएको बताएका छन्।

Nast Ad

वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले रसुवास्थित भोटेकोशी बाढीको अवस्था अहिले सामान्य रहेको स्पष्ट पार्दै रातिको समयमा ३० सेन्टिमिटरसम्म बाढी बढे पनि हिजोको जस्तो थप ठूलो जोखिमको अवस्था नरहेको जानकारी दिएका छन् । हिजो बेलुकादेखि आज बिहानसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षा भए पनि नदीको स्थिति सामान्य नै रहेको उनको भनाइ छ।

तर, बाढीका कारण मानवीय क्षतिको आँकडा भने ठूलो रहेको उनले संकेत गरेका छन्। हालसम्मको प्रारम्भिक अध्ययनअनुसार बाढीमा परी मृत्यु तथा बेपत्ता हुनेहरूको कुल संख्या करिब एक हजारको हाराहारीमा पुग्न सक्ने उनले बताएका छन्।

विभिन्न स्थानीय तहहरूबाट तथ्यांक संकलन गर्ने काम तिब्र रूपमा भइरहेको र यसको अन्तिम आधिकारिक विवरण आजै सार्वजनिक हुने उनले जानकारी दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...