बाढीले रसुवागढी पुल बगाउँदा नेपाल–चीन व्यापार ठप्प

cp new add
Nisharg hospital

काठमाण्डौँ । नेपाल–चीन जोड्ने उत्तरी नाकाको व्यापारिक सम्बन्ध विच्छेद भएको छ । बुुधबार बिहान रसुुवामा आएको बाढीका कारण रसुवागढीको पुल बगाएसँगै दुुई देश जोड्ने व्यापारिक सम्बन्ध टुटेको हो । यसबाट आयातनिर्यात ठप्प भएको छ ।

Nast Ad

रसुुवा भन्सार कार्यालयको भवन र भन्सार पास गरी नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युुतीय सवारीसाधनसमेत बगाएको छ । रसुवा भन्सार कार्यालयका प्रमुुख राजेन्द्र ढुुङ्गानाले बाढीका कारण ठुुलो भौतिक क्षति भएको जानकारी दिनुुभयो । भन्सार कार्यालय बगाउनुका साथै तीन सय सङ्ख्यामा नेपाल भित्रिन लागेका विद्युुतीय गाडी र ट्रक बगाएको उहाँले जानकारी दिनुुभयो ।

उक्त कार्यालयमा ४० जना कर्मचारी रहेकामा १५ जना अझै सम्पर्कमा आउन नसकेको भन्सार विभागले जनाएको छ । व्यापारीले चाडपर्वलक्षित ल्याएका सामान बाढीले बगाउँदा ठुुलो क्षति भएको छ ।

राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबुु श्रेष्ठले चाडपर्वलक्षित ल्याएका सामान बोकेका कन्टेनर बगाएकाले ठुुलो क्षति भएको जानकारी दिनुुभयो । निजिकिँदै गरेको तिज र दसैँतिहारलक्षित सामान बगाउँदा ठुुलो क्षति भएको उहाँको भनाइ छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२ र ८३ मा सो नाकाबाट एक खर्ब रुपियाँ बराबरको आयात हुुँदा तीन अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।

नेपाल र चीनसँगको व्यापारमा १३ प्रतिशत योगदान सो नाकाको रहेको छ । विशेष गरी चीनबाट विद्युुतीय गाडी, खेलौना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तु आयात हुने गरेकोमा नेपालबाट चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्री, हस्तकला र ढुङ्गाका मूर्ति, चित्रकला, काठका मुुढा, उनी, पस्मिना तथा तिनबाट बनेका कपडा, काठका सामग्री निर्यात हुने गर्छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...