सर्वोच्च अदालतमा मध्यराति आगलागी, कारणबारे छानबिन

cp new add
Nisharg hospital

 

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार (भदौ १७) राति आगलागी भएको छ । नयाँ भवनको भुइँतलामा आगलागी हुँदा केही कागजपत्र जलेका छन् ।

आगलागी कसरी भयो भन्ने विषयमा सर्वोच्च प्रशासन र प्रहरीले भिन्नाभिन्नै छानबिन सुरु गरेका छन् । ‘अन्डरग्राउन्ड’मा आगलागी हुँदा सामान्य क्षति भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

“राति भन्ने कि (बिहीबार) बिहान भन्ने १ बजेतिर अन्डरग्राउन्डमा आगजनी भएको रहेछ । चुरोट खाएर फाले कि ! विद्युत् सर्ट भएर हो वा के हो – प्रशासनिक र प्रहरीको लेवलबाट छानबिन भइरहेको छ,” प्रवक्ता कोइरालाले  भने, ‘‘मध्यरातमा भएको छ, हामीले बुझ्दै छौँ । अभिलेखमा डम्प गरी राखेका केही मिसिलहरू जलेका छन् । ठूलो क्षतिचाहिँ भएको छैन ।”

घटना नियतवश हो कि ? भन्ने प्रश्नमा उनले भने, “प्रहरीले पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ । अवाञ्छित गतिविधि हो कि होइन छानबिनबाट थाहा होला ,नजिकै पावर सर्किट पनि जलेको देखिन्छ । त्यही कारण हो वा कसरी भएको हो भनेर अनुसन्धान हुँदै छ ।”

आगलागी सुरु भएको केही बेरपछि नियन्त्रणमा लिइएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...