
धनगढी । बैतडीमा ऐलानी जग्गामा सालका रुख काटेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिगास गाउँपालिका–५ को उकल दैना बस्ने अन्दाजी ३६ वर्षीय सुुरेश धामी रहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भक्तराज गिरीले अनुमति बिना सालको काठ काटेको गुनासोको आधारमा धामीलाई पक्राउ गरि नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए । उनकाअनुसार धामीले ऐलानी जग्गामा रहेका सालका काठ काटेका हुन् ।
सिगासको उकल दैनामा स्थानीयले संरक्षण गरेर उपभोग गर्दै आएको ऐलानी जग्गामा रहेका सालका काठ गत ११ साउनदेखि काटेको स्थानीयको सूचनाका आधारमा सिगासमै रहेको सव डिभिजन वन कार्यालयले उनलाई नियन्त्रणमा लिएको छ ।
अहिले अदालतबाट म्याद थप गरि उनीमाथि थप अनुसन्धान भइरेहको डिभिजन वन कार्यालयले जनाएको छ । धामीले सिगास गाउँपालिका–५ को तल्ली खैरीकोटमा पानीको मुहानको तलतिर रहेका सालका रुख काटेको आरोप छ ।
सालका रुख काट्ने मात्र नभएर कसैलाई जानकारी नदिएर चिरान समेत गरेर चोरी तस्करी गरिएको उजुरी वनमा परेको थियो । धामीले सालको रुख त्यसरी किन काटेको भन्दा उल्टै कुटपिट गरेको आरोप समेत लगाइएको छ ।
स्थानीयकाअनुसार सोही ठाउँका लाल धामीले कसैलाई जानकारी नदिएर सालका १७ वटा रुख किन काटेको हो ? भनेर सोध्दा उनले उनीमाथि कुटपिट गरेको परिवारले जनाएको छ । पक्राउ पर्नुअघि धामीले लाल धामीलाई फोनबाट समेत अपशब्द प्रयोग गरि गालीगलौज गर्दै जे गर्न सक्छौँ गर भन्दै धम्क्याएको आरोप छ ।
उनले आफूविरुद्ध कुनै पनि निकायमा उजुरी गरेर देखाउन समेत चुनौती दिएका थिए । त्यसपछि कुटपिटमा परेका धामीले घटनाबारे सव डिभिजन वन कार्यालयमा जानकारी गराएपछि उनी पक्राउ परेका हुन् । धामी स्थानीय स्तरमा लामो समयदेखि ज्यादती गर्दै आरोप त्यहाँका स्थानीयहरुले गुनासो गरेका छन् ।
डिभिजन वन कार्यालयले पनि उनलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
धामीले काटिएका भनिएका सालका रुखका मुढाहरु


