जाजरकोट भूकम्प : १८८ प्रभावितलाई निजी आवास अनुदानको पहिलो किस्ता पठाइयो

cp new add
Nisharg hospital

भूकम्पबाट प्रभावित जाजरकोटका १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता रकम पठाइएको छ।आवास पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले पहिलो किस्ता उपलब्ध गराइएको हो। सम्झौता सम्पन्न भएका लाभग्राहीको बैंक खातामा अनुदान रकम भुक्तानी गरिएको जनाइएको छ।

‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि,२०८३’अनुसार आवास पुनर्निर्माणका लागि सम्झौता गरेपछि लाभग्राहीको खातामा पहिलो किस्ता रकम भुक्तानी गर्ने व्यवस्था रहेको छ।

पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले निजी आवास निर्माणको काम अघि बढाउनुपर्नेछ। आवास निर्माण प्लिन्थ लेभलसम्म सम्पन्न भएपछि सम्बन्धित प्राविधिकबाट निर्माणको स्थलगत जाँच गरिनेछ।

प्राविधिक जाँचबाट निर्माण सम्पन्न भएको पुष्टि भई प्रतिवेदन स्वीकृत भएपछि कार्यविधिअनुसार लाभग्राहीले दोस्रो किस्ता अनुदान रकम प्राप्त गर्नेछन्।भूकम्प प्रभावित निजी आवास पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले लाभग्राहीसँग सम्झौता गर्ने र किस्तागत रूपमा अनुदान रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...