जुवा खालबाट रास्वपा वडा सभापतिसहित ५ जना पक्राउ

cp new add
Nisharg hospital

बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापतिसहित पाँच जना पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका–१३, खड्कवारबाट शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ का कुलबहादुर ओली, कोहलपुर नगरपालिका–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ का राम गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट जुवा खालबाट २ लाख २ हजार रुपैयाँ नगद बरामद भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर हरि पुनले जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेको जानकारी दिए।

रास्वपाका एक जिल्ला नेताका अनुसार पक्राउ परेका कुलबहादुर ओली बैजनाथ गाउँपालिका–४ को रास्वपा वडा समितिका सभापति हुन्।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि प्रहरीले आइतबार अदालतबाट म्याद लिने तयारी गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...