लगातार तेस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

cp new add
Nisharg hospital

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेल २४ रनमा नटआउट रहे । त्यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रनको योगदान दिए ।

साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । मुहम्मद आतिफले ३० रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट लिए ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलपछि समूह ‘ए’को विजेताको टुंगो लाग्नेछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...