महाकाली करिडोर निर्माणमा बजेट कटौती

cp new add
Nisharg hospital
suchana

२८ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको सडक सम्वृद्धिसँग जोडिएको महाकाली करिडोर निर्माणका लागि यस वर्ष आधाले बजेट कटौती गरिएको छ ।

त्रिदेशीय सडकको रुपमा आर्थिक वर्ष २०६४÷६५ देखि निर्माण थालिएको उक्त सडक ४२५ किलोमिटर लामो छ ।

गत आर्थिक वर्ष २०७८÷७९ मा ७९ करोड ४० लाख बजेट प्राप्त गरेको उक्त सडकले चालु आर्थिक वर्षका लागि आधाले कटौती गरिएको छ । यस वर्ष आधा अर्थात् ४० करोड मात्र विनियोजन भएको महाकाली करिडोर योजना कार्यालयका ईन्जिनियर मिलन घतानीले बताए । अहिलेसम्म १९३ किलोमिटर सडकको मात्र ट्र्याक खुलेको छ ।

८७ किलोमिटर सडकको ट्याक खोल्ने जिम्मा नेपाली सेनाले लिएपनि ६ किलोमिटरभन्दा बढि प्रगति हुन सकेको छैन । डडेल्धुराको जोगबुढामा ६ किलोमिटर र दार्चुलामा ३० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको ईन्जिनियर घतानिले बताए ।

बाँकी सडक निर्माणका लागि बजेट अभावसँगै रुख कटान समस्याका कारण अपेक्षित प्रगति हुन सकेको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...