दुई लाख घु*स दिएर षडयन्त्र गरि फसाईको दाबी गरिएका कैलालीका बमवि रुद्ध ष्टा चार मु द्दा

cp new add
Nisharg hospital

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुससम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन निर्णय गरिदिने भन्दै बमले घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समिति सदस्यको पदीय हैसियतको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै बार्गेनिङ गरी आफ्नै निमित्त दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार बमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर हो।

आयोगले बमलाई दुई लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...