कैलालीका प्रहरी सहायक हवल्दार महरा रसुवामा अस्ताए, गोदावरीमा अन्त्येष्टि

cp new add
Nisharg hospital

धनगढी । रसुुवा बाढीमा बेपत्ता भएका कैलाली घर भएका एक जना प्रहरीको कुुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

गोदावरी नगरपालिका–४ बासकोटाका प्रहरी सहायक हवलदार ३० वर्षीया हिक्मत महराको शनिबार कुशको शव बनाएर गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

१० भदौमा भोटेकोशी बाढीमा परेर बेपत्ता भएका महराको लामो समयसम्म खोजी गर्दा समेत फेला नपरेपछि आशा मार्दै परिवारले अन्त्येष्टि गरेको हो । महरासँगै कार्यरत रहेका अन्य आठ जना प्रहरी समेत बाढीमा बेपत्ता भएका थिए ।

महराका श्रीमती, एक छोरा र एक छोरी छन् । पुख्र्यौली घर बैतडीको दोगडाकेदार भएका महराको परिवारले बाढीमा बेपत्ता भएदेखि नै उनको खोजी गरेको थियोे । तर, अहिलेसम्म अवस्थाबारे यकिन नभएपछि अन्त्येष्टि गर्ने निर्णय लिइएको हो ।

महरासँगै रसुवामा कार्यरत सुदूरपश्चिम घर भएका आधा दर्जन बढि सुरक्षाकर्मी बेपत्ता भएका थिए ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...