भारतद्वारा नेपाललाई थप ११ टन राहत सामग्री

cp new add
Nisharg hospital

काठमाडौँ । भारतले नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि शनिबार थप ११ टन सामग्री पठाएको छ।

भारतले औषधि, फोरेन्सिक सामग्री, पाल, हाइजिन किट, स्लिपिङ ब्यागलगायत सामग्री पठाएको भारतीय विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्। यो बाढीपछि नेपाल आएको भारतीय वायुसेनाको नवौँ राहत उडान हो।

भारतले गत भदौ १० गतेको विनाशकारी बाढीपछि अगस्ट २६ देखि विशेष उडानमार्फत राहत सामग्री, उद्धार उपकरण र विशेषज्ञ टोली पठाउँदै आएको छ। यसअघि सुरुङ उद्धार उपकरण, फोरेन्सिक सामग्री, औषधि, अस्थायी आश्रय, कम्बल, हाइजिन किटलगायत सामग्री नेपाल ल्याइएको थियो।

भारतीय टोलीले रसुवाको चिलिमे सुरुङमा नेपाली सेनासँगै खोज तथा उद्धार कार्यमा समेत सहयोग गर्दै आएको छ।

यसैबीच, शुक्रबार नयाँ दिल्लीमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्दै रसुवा बाढीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगप्रति धन्यवाद दिएका थिए। भेटमा नेपाल–भारतबीच लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य बलियो बनाउने विषयमा छलफल भएको थियो।

बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ भने १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु र हजारौँ बेपत्ता रहेको जनाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...