राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

cp new add
Nisharg hospital

राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको प्रहरीले जनाएको छ। साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कटुवालले बताए।

दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। उनलाई आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको कटुवालले जानकारी दिए।

दाहाल पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा बोल्दै आएका थिए। उनी बेलबारीमा एउटा कार्यक्रमका लागि पुगेका थिए। यद्यपि, उक्त कार्यक्रमबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...