
डोटी । सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका अछामका एक पुरुषलाई डोटी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत डोटीको २०८३ असार ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका अछामको मङ्गलसेन नगरपालिका–५ भाटवडाका ४० वर्षीय देवराज भाट पक्राउ परेका हुन्।
फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीबाट पक्राउ गरेको हो।
पक्राउ परेका भाटलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

