
काठमाडौं । ८ करोड ४२ लाख रुपैयाँ बिगो भएको १ वटा बैंकिङ कसुरको मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ का ४८ वर्षीय शेरबहादुर मगर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले १२ वटा बैंकिङ कसुर मुद्दामा बिगो बराबरको रकम तिर्नुपर्नेसहित २ वर्ष १४ दिन ककैद र ६२ लाख १० हजार १ सय जरिवाना समेत सुनाएको थियो ।

