कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, २८ ढोका खोलिए

cp new add
Nisharg hospital

काठमाडौं । पहाडी जिल्लामा भइरहेको लगातार वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ। शुक्रबार दिउँसो १२ः१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख १७ हजार ४१५ क्युसेक पुगेको छ।

पानीको सतह बढेर जोखिमपूर्ण अवस्थामा पुगेपछि ब्यारेजका २८ वटा ढोका खोलिएको जनाइएको छ। कोशीमा पानीको बहाव अझै बढिरहेको भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

पहाडी क्षेत्रमा परेको निरन्तर वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो। नदीमा पानीको मात्रा थप बढ्न सक्ने भएकाले तटीय तथा होचा भूभागमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म नदीको बढ्दो बहावका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यद्यपि पानीको बहाव निरन्तर बढिरहेको अवस्थामा कोशी नदी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले निगरानी बढाएका छन्।

नदी किनार तथा डुबानको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासनले जारी गर्ने सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...