जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

cp new add
Nisharg hospital

२९ कात्तिक, ललितपुर । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ ।

गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीको भनाइ छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीलेउनीहरूलाई पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...