दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो ।

नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको हो ।

 

Navjeen New Ad
Loading...