‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तर्विरोध नरहेको बताएका छन् ।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपा भित्र कुनै पनि किसिमको अन्तर्विरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताएका हुन् ।

उनले आफूहरू सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे । सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।

उनले सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन ५ वर्ष नै काम गरिने उल्लेख गरे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...