बन्दागोभीले छोपेर गाँजा तस्करी, ट्रकसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

सुनसरीमा ट्रकमा बन्दागोभीले छोपेर ल्याइएको २ हजार ५६६ किलो गाँजा प्रहरीले बरामद गरेको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक इनरुवा नगरपालिका–३, सखुवागाछीमा जाँच गर्ने क्रममा ६३ वटा बोरामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएपछि ट्रक चालक धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका १८ वर्षीय सहचालक सन्दीप राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...