po
care tekar

कैलालीमा साढे २ लाखको अवैध कपडासहित तीन जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४७ हजार रुपैयाँ मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा प्रहरीले कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुपप्र ००१ ह ४२५३ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी ल्याइएका साना–ठूला सर्ट फेला परेका थिए ।

HAMRO DAIRY

बरामद कपडाको अनुमानित मूल्य २ लाख ४७ हजार १७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । अटो चालक चौधरीसहित अटोमा सवार टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...