press
po

बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र)को क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

sanjiwan
Nisharg

बिहीबार बिहान करिब ४:१० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका–४ निवासी रबि राजवंशीले सञ्चालन गरेको उक्त बडी ग्यारेज ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

HAMRO DAIRY

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रूपैयाँ पनि जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...