


दाङमा लुकिछिपी पटाका ल्याउँदै गरेका एक अटो चालक पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा भारतको उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन् ।






जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार अग्रवाललाई कोइलाबास नाका हुँदै रा.१ ह ४८१७ नम्बरको अटोमा पटाका ल्याउँदै गरेको अवस्थामा गढवा गाउँपालिका–८ चारखम्बाबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार बरामद पटाकाको बजार मूल्य २ लाख १० हजार १३६ रुपैयाँ रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






