press
po

पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन् ।

sanjiwan
Nisharg

शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दाया हाते ब्याटर फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् ।

HAMRO DAIRY

बिहीबार कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् । फर्हानले सन् २०१८ मा अस्ट्रेलियासंग खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए ।

Nav

उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५ सय ५४ रन बनाएका छन् । जसमा २ सतक र १३ अर्धसतक सामेल छ । उनले रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० आईमै अर्धसतक बनाएका छन् ।

कर्णाली याक्सले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्राइसकेको छ ।

शुक्रबार मात्रै टिमले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको थियो । त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् ।

वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबर चारै जना पहिलो पटक एनपिएल खेल्दैछन् ।

कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीले घरेलु खेलाडीमा मार्कीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...