


बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ठूलीभेरी नगरपालिका–७, जुफालका ३१ वर्षीय धनबहादुर शाहीलाई पक्राउ गरिएको हो ।





शाही शुक्रबार पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए ।






