press
po

दार्चुलामा जुवा खालमा प्रहरीको छापा, ८ जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

दार्चुला । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

sanjiwan
Nisharg

शनिबार शैल्यशिखर नगरपालिका–९ गाँजरीस्थित केशव विकले सञ्चालन गरेको सुदर्शन खुद्रा पसल रहेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज सिंह भाटको नेतृत्वमा ११ जनाको प्रहरी टोली खटिएको थियो।

HAMRO DAIRY

शनिबार दिउँसो उक्त स्थानमा छापा मार्ने क्रममा जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले फेला पारेको हो। प्रहरीले जुवाखालबाट ७१ हजार ७७५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद गरेको छ।

पक्राउ परेका आठै जनालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...