


काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य घटेको छ।


कात्तिक २ गते (सोमबार) तोलामा पाँच सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला ११ हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।






सोमबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला चार हजार एक सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय दुई सय ३० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






