press
po

मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ : मन्त्री गौतम

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको उत्साहलाई नयाँ उचाइ दिएको बताएकी छन्।

sanjiwan
Nisharg
Nav

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जिते पनि अन्ततः जित नेपाली क्रिकेटकै हुने बताइन् । उनले एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको समेत बताइन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिने मन्त्री गौतमको विश्वास छ।

HAMRO DAIRY

उनले भनिन्,’सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपीएल बनेको छ।’

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...