press
po

निर्वाचनअघि नै उम्मेदवार टुंग्याउँछौँ, टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्छौं : गगन थापा

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् ।
sanjiwan
Nisharg

सोमबार स्याङ्जामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी पुस र माघमा डिजिटल मतदानमार्फत उम्मेदवार बन्न योग्य व्यक्तिको प्रारम्भिक सूची तयार गरिने बताए ।

उनका अनुसार उम्मेदवार छनोट प्रक्रिया निर्वाचनभन्दा दुई–तीन महिनाअघि नै टुंग्याइनेछ । यसपटक निर्वाचनको केही दिन वा घण्टाअघि टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्दै तल्लो तहबाटै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने उनले बताए ।

डिजिटल मतदानबाट प्राप्त मतका आधारमा प्रारम्भिक सूची तयार गरिने र त्यसपछि विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवार चयन गरिने थापाको भनाइ छ । पार्टीको विधानमै उम्मेदवार छनोटसम्बन्धी व्यवस्था परिवर्तन गरिएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताए ।

सभापति थापाले मंसिर महिनालाई पार्टीको जागरण अभियानका रूपमा अघि बढाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । विगतमा कांग्रेससँग आबद्ध रहेर अहिले टाढिएका परिवारसम्म पुगेर सम्बन्ध पुनःस्थापित गर्नुपर्ने उनको भनाइ थियो । पार्टीको नेतृत्व र अनुहार परिवर्तनले मात्रै जनताको विश्वास नफर्किने बताउँदै उनले काम गर्ने शैलीसमेत परिवर्तन भएको सन्देश जनतामाझ पुर्‍याउनुपर्नेमा जोड दिए ।

कांग्रेसका स्थापनाकालीन मूल्य र मान्यतालाई आत्मसात गर्दै युवाका प्रश्नको जवाफ दिन सक्ने पार्टी निर्माण गर्नुपर्ने उनले बताए । मंसिरमा घरघर पुगेर जनतासँग संवाद गर्ने तथा पार्टीका नयाँ सोच र निर्णयबारे जानकारी गराउने योजना रहेको पनि उनले उल्लेख गरे ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...