


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान डेविड मलानले अर्धशतक प्रहार गरेका छन् ।



टियु मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी यस संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् ।





टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले ११ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ७९ रन बनाएको छ ।






