press
po

ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएपछि नर्वेको गरे आलोचना, फोहर राज्यको संज्ञा

cp new add
Nisharg hospital
dhanga
Rubic

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताएका छन् । उनले मध्यावधि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नर्वेलाई आलोचना गर्दै यसलाई फोहर राज्य (सिट हाउस कन्ट्री) भनेका छन् ।

sanjiwan
Nisharg

नोबेल समितिले ‘शान्ति पुरस्कारका लागि आफूलाई नछानेको’ जनाउँदै नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने उनले बताएका छन् । चुनाबी सम्बोधनमा उनले भने, “इमान्दारीपूर्वक भन्दा, नर्वे सकिन्छ । नर्वे वास्तवमै फोहर राज्य बनेको छ।” सन् २०२५ जनवरीमा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्ने चाहना खुलेरै व्यक्त गर्दै आएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यस वर्षको पुरस्कार दक्षिण अफ्रिकाकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नवी पिल्लाईलाई दिने निर्णय गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले समितिको यो निर्णयलाई ‘लज्जास्पद’ भन्दै पुरस्कार आफूलाई दिनुपर्ने दाबी गरेका छन् ।

HAMRO DAIRY
Nav

आइतबार पोर्ट ह्युरन (मिचिगन) मा नोभेम्बर ३ मा हुने महत्वपूर्ण अमेरिकी मध्यावधि चुनावअघि आयोजित सभामा उनले केही देशका आप्रवासीलाई स्वागत गर्ने तर नर्वेलाई नगर्ने बताएका थिए । उनले नर्वेका आप्रबासीलाई अमेरिकामा स्वागत नगरिनुको कारण नोबेल पुरस्कारका लागि आफूलाई योग्य नठहराउनुलाई लिएका छन् । उनले भने “म नर्वेबाट कोही पनि चाहन्न किनकि मैले नोबेल पुरस्कार पाइनँ।”

नर्वेका आप्रवासीबारे कुनै नयाँ अमेरिकी नीति आउने आधिकारिक सङ्केत भने छैन । नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइडेले नोबेल पुरस्कारबारे ट्रम्पका टिप्पणीमा प्रतिक्रिया दिँदै पुरस्कार छनौटका लागि समिति स्वतन्त्र रहेको स्पष्ट पारे ।

राष्ट्रिय प्रसारण माध्यम एनआरकेसँग कुरा गर्दै उनले भने, “उहाँलाई राम्रोसँग जानकारी छ, नोबेल समिति स्वतन्त्र छ। कसैलाई शङ्का भए भने हामीले उहाँलाई त्यसबारे सम्झाएका छौँ र अहिले पनि त्यही अवस्था छ।”

ट्रम्पले पहिलो कार्यकालमा सन् २०१८ मा पनि हैटी र केही अफ्रिकी देशहरूलाई यस्तै अश्लील शब्द प्रयोग गरेर आलोचना गरेका थिए ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...