


दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् ।



लमही नगरपालिका–३ नारायणपुर निवासी रघुवीर खत्रीले आज बिहान नारायणीश्वर सामुदायिक वनमा ९ वटा बाख्रा चराउन लगेका थिए । तीमध्ये ६ वटालाई चितुवाले मारेको अवस्थामा मृत फेला परे पनि तीनवटा फेला नपरेको खत्रीले बताए ।





पछिल्लो समय देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा जंगली जनावरको गतिविधि बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले जथाभावी वन क्षेत्रमा प्रवेश नगर्न तथा चरिचरणका लागि अनावश्यक रूपमा वन क्षेत्रमा पशुचौपाया नलैजान पनि अनुरोध गरेको छ ।






