press
po

पोखरा र सुदूरपश्चिमको खेलमा डीआरएसले उल्ट्यायो १५ बलमा अम्पायरका ३ निर्णय

cp new add
Nisharg hospital
dhanga
Rubic

नेपाल प्रिमियर लिगमा अहिले पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससँग खेलिरहेको छ। सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको पोखराले ३ ओभरमा एक विकेट गुमाउँदै १५ रन बनाएको छ।

sanjiwan
Nisharg

पोखराका ओपनर दिनेश खरेल ३ रन बनाएर आउट भए। तर यो खेलका सुरुका १५ बलमा अम्पायरका ३ निर्णय डीआरएस ९निर्णय पुनरविचार प्रणाली० ले उल्टिएका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

बंगलादेशका अम्पायर मसुदुर रहमानले पहिलो ओभरमै बंगलादेशी ब्याटर मेहदी हसनलाई एल्बीडब्ल्यु आउट दिएका थिए। तर पोखराले डीआरएस लियो। डीआरएसमा उक्त निर्णय बदर भएको थियो।

HAMRO DAIRY
Nav

विकेटका लागि मसुदुरले दिएको अरु दुई निर्णय पनि डीआरएसबाट बदर भए। तेस्रो ओभरको दोस्रो बलमा हेमन्त धामीले विकेट किपरबाट दिनेश खरेललाई क्याचआउट गराएका थिए।

दर अम्पायरले आउट दिएनन्। त्यसपछि सुदूरपश्चिमले रिभ्यु लियो। डीआरएसपछि टीभी अम्पायरले मसुदुरको निर्णय बदर गरिदिए। खरेल आउट भए।

त्यही ओभरको तेस्रो बलमा पनि अम्पायरको निर्णय बदर भयो। कप्तान कुशल भुर्तेललाइृ अम्पायरले एल्बीडब्लु आउट दिए। तर भुर्तेलले रिभ्यु लिए। रिभ्युपछि भुर्तेल नटआउट देखिए र अम्पायरको उक्त निर्णय पनि बदर भयो। यो खेलमा श्रीलंकाका प्रगित रामबुकवेला टीभी अम्पायर छन्।

एउटा खेलमा दुबै टोलीले दुईदुई वटा रिभ्यु लिन पाउँछन्। यसअघिका तीन खेलमा पनि धेरै निर्णय डीआरएसबाट बदर भएका छन्।
नेपाल प्रिमियर लिगमा पहिलो पटक डीआरएस प्रविधिको प्रयोग गरिएको हो।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...