press
po

टीकापुर अस्पतालमा म्याद नाघेका औषधी र रिएजेन्ट भेटिएपछि…

cp new add
Nisharg hospital
dhanga
Rubic

टीकापुर। टीकापुर अस्पतालको दन्त सेवा विभाग र प्रयोगशाला विभागमा म्याद नाघेका १३ वटा औषधी र २४ वटा रिएजेन्ट फेला परेका छन्।

sanjiwan
Nisharg

टीकापुर नगरपालिकाका अधिकृत रञ्जु आचार्यका अनुसार अनुगमनका क्रममा दन्त सेवा विभागमा १३ वटा औषधी र प्रयोगशालामा २४ वटा रिएजेन्ट म्याद नाघेको अवस्थामा भेटिएका हुन्। अनुगमन टोलीले मुचुल्का उठाएर ती सामग्री अस्पतालमै छोडेको र आवश्यक कारबाहीका लागि प्रदेशका सम्बन्धित निकायमा प्रतिवेदन पठाउने जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रयोगशाला विभागका प्रमुख ल्याब टेक्नोलोजिस्ट पवन पोखरेलले केही मेसिन बिग्रिएका कारण प्रयोग हुन नसकेका र केही मेसिन सफाइका लागि प्रयोग हुने सामग्री म्याद नाघेको अवस्थामा भेटिएको दाबी गरे । दन्तरोग विशेषज्ञ डा. आभा चपाईले पनि म्याद नाघेका सामग्री भेटिए पनि अधिकांश औषधी प्रयोग नभएको बताए ।

HAMRO DAIRY
Nav

तर, अनुगमनकर्ताका अनुसार म्याद नाघेका सामग्री प्रयोगमा रहेका, फ्रिजमा राखिएका र स्टोरमा समेत फेला परेका छन्।

टीकापुर अस्पतालको प्रयोगशालाबाट बेलाबेलामा गलत रिपोर्ट आउने गरेको गुनासोसमेत रहँदै आएको छ। सेवाग्राहीका गुनासापछि प्रयोगशालाको समस्या बुझ्न खोज्दा विभागले सबै ठीक रहेको जवाफ दिएर समस्या लुकाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

‘प्रयोगशालामा गम्भीर समस्या देखियो,’ अध्यक्ष भण्डारीले भने, ‘प्रमुख मेडिकल सुपरिटेन्डेन्ट आएपछि बैठक बसेर छलफल गर्छौं। अध्ययन गरी आवश्यक कारबाही अघि बढाउँछौं।’

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले अनुगमन प्रतिवेदन तयार गरी तत्काल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास न्त्रालयमा पठाइने बताए ।  प्रतिवेदनका आधारमा कमजोरी सुधार गर्न लगाइनेछ।

सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेको टीकापुर अस्पतालमा म्याद नाघेका औषधी तथा प्रयोगशालामा प्रयोग हुने रिएजेन्ट भेटिएपछि अस्पतालको सेवा र व्यवस्थापनमाथि प्रश्न उठेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...