press
po

गोदावरीको सामुदायिक वनमा महिलाको शव फेला

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्यदय सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।
बुधबार दिउँसो करिब साढे १  बजे सामुदायिक वनभित्र बेवारिसे अवस्थामा ४५ देखि ५० वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको हो ।
सामुदायिक वनका चौकीदारले शव देखेपछि अस्थायी प्रहरी पोष्ट स्याउलेलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार प्रेमराज जोशीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

sanjiwan
Nisharg
Nav

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक कृष्णबहादुर खड्काको कमाण्डमा अपराध अनुसन्धानमा सहयोग गर्ने प्राविधिक टोली (एसओसीओ) सहित पाँच जनाको प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियोे  ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीका अनुसार शवको कम्मरभन्दा मुनिको भाग, हातका चुरा र एउटा झोला फेला परेका छन् । घटनास्थलमा थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...