press
po

रसुवा बाढीपीडितका लागि संकलित राहत सामग्री महिनौँदेखि स्टोरमै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । रसुवा र बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएका राहत सामग्री महिनौँदेखि सहरी विकास विभागको स्टोरमा थन्किएका छन् ।

sanjiwan
Nisharg

बाढीपीडितका लागि संकलित खाद्यान्न, पानी, लत्ताकपडा, बिस्कुट, बाल्टिनलगायत सामग्री विभागको अन्डरग्राउन्डसहित विभिन्न स्थानमा राखिएका छन् । केही सामग्री लामो समयसम्म भण्डारण गर्दा बिग्रिने अवस्थामा पुगेको विभागका एक कर्मचारीले बताएका छन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयले संकलन गरेको उक्त राहत सामग्री आवश्यकताअनुसार वितरण भइरहेको दाबी गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

मन्त्रीको सचिवालयमा रहेका सुरेन्द्र बुढथापाका अनुसार बूढीगण्डकी बाढी प्रभावितका लागि हालै करिब तीन सय बोरा चामल पठाइएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले माग गरेपछि सामग्री पठाउने गरिएको उनले बताए ।

HAMRO DAIRY

उनले जथाभावी वितरण नगरी आधिकारिक व्यक्तिको माग र आवश्यकताका आधारमा राहत उपलब्ध गराउने गरिएको दाबी गरे ।

यता, बाढी प्रभावितले पर्याप्त राहत नपाएको गुनासो गरिरहेका बेला संकलित सामग्री महिनौँसम्म गोदाममै थन्किनुले राहत वितरणको व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...