press
po

मृत मानिएका पदमबहादुर घर फर्किए, अन्त्येष्टि गरिएको शव कसको थियो ?

cp new add
Nisharg hospital
dhanga
Rubic

मोरङको लेटाङका पदमबहादुर राय ८ महिनापछि घर फर्किएपछि प्रहरीले एउटा पुरानो दुर्घटनाको फाइल फेरि खोल्नुपर्ने भएको छ। गत जेठमा मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिएका छन्। त्यसबेला उनको शव ठानेर दाहसंस्कार गरिएको व्यक्ति को थिए भन्ने प्रश्नको जबाफ भने अझै भेटिएको छैन।

sanjiwan
Nisharg

लेटाङ नगरपालिका–५ खेरूवाका पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले अन्त्येष्टि गरेको थियो। मृत्युका आधारमा दुर्घटना बीमाको ५ लाख ५० हजार रुपैयाँ समेत प्राप्त भएको थियो। तर, घटनाको छ महिनापछि पदमबहादुर घर फर्किएपछि शवको पहिचानदेखि बीमा भुक्तानीसम्मका विषय पुनः परीक्षण गर्नुपर्ने भएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले सेतोपाटीलाई दिएको जानकारी अनुसार परिवारले पदमबहादुर जीवितै रहेको पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओको अध्ययन थालेको छ।

HAMRO DAIRY

‘उहाँ जीवितै फर्किएको कुरा परिवारले पुष्टि गर्नुभएपछि हामी फोटो–भिडिओ हेरेर पुनः अनुसन्धानमा जुटेका छौँ,’ कटुवालले सेतोपाटीसँग भने, ‘कहिलेकाहीँ परिवारले सनाखतका क्रममा आफ्नै मान्छे हो भनिदिँदा यस्तो हुन्छ। उहाँहरूले बीमाबापतको ५ लाख ५० हजार बुझ्नुभएको थियो। त्यो फिर्ता गर्ने भन्नुभएको छ। उहाँहरूले हामीलाई राम्रोसँग समन्वय गरिरहनुभएको छ।’

प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए। त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव कसरी ठहर गर्‍यो ?

Nav

यो घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा भएको थियो। प्रहरीका अनुसार २०८३ जेठ २६ गते बिहान करिब साढे ८ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए।

उपचारका लागि उनलाई बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगियो। उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो।

सूचनापछि पदमबहादुरकी आमा अस्पताल पुगिन्। उनले शव आफ्नै छोराको भएको बताइन्। प्रहरीले सनाखतका आधारमा आवश्यक प्रक्रिया पूरा गरेपछि शव परिवारलाई बुझायो। परिवारले जेठ २७ गते उनको अन्त्येष्टि गर्‍यो।

त्यसपछि परिवारले पदमबहादुरको मृत्यु भएको ठानेर शोक र अन्त्येष्टिसँग सम्बन्धित प्रक्रिया पूरा गरिसकेको थियो। अहिले उनी जीवितै फर्किएपछि त्यसबेला अस्पतालमा मृत्यु भएका व्यक्तिको पहिचान खुलाउनु आवश्यक भएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर थिए। उनी घर छाडेर हिँड्ने गरेको विवरण प्रहरीले परिवारबाट पाएको छ। विवाहपछि श्रीमती अलग्गिएको र त्यसपछि पदमबहादुर घरमा नियमित नबस्ने गरेको बताइएको छ। उनी लामो समय घरबाहिर रहेकाले परिवारलाई उनको अवस्थाबारे जानकारी थिएन।

यही परिस्थितिमा दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव देखेपछि आमाले आफ्नै छोराको ठानेर सनाखत गरेको हुन सक्ने प्रहरीको बुझाइ छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...